Rule 34
सुपथ मूल्यमा खाद्य वस्तु वा सेवा उपलब्ध गराउने
: (१) नेपाल सरकारले ऐनको दफा १९ बमोजिम निर्धारण गरेको अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको सूची अनुसारका वस्तुको बिक्री वितरणको लागि मन्त्रालयले सार्वजनिक संस्थान वा निजी क्षेत्रसँग समन्वय गरी आवश्यक स्थान र्‌ सङ्ख्यामा सुपथ मूल्य पसल वा सार्वजनिक वितरण केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सक्नेछ । (२) प्रदेश सरकार वा स्थानीय तहले अत्यावश्यक खाद्य तथा अन्य वस्तुको सहज बिक्री वितरणको लागि स्थानीय व्यवसायीसँग समन्वय गरी आवश्यक स्थान र सङ्ख्यामा सुपथ मूल्य पसल वा सार्वजनिक वितरण केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सक्नेछ।

(३) उपनियम (१) वा (२) बमोजिम सुपथ मूल्य पसल वा सार्वजनिक वितरण केन्द्र सञ्चालन गर्दा स्थानीय महिला समूह वा कृषि सहकारीलाई प्राथमिकता दिन सकिनेछ।

(४) नेपाल सरकारले चाडपर्वको अवसरमा बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन नेपाल सरकारको पूर्ण बा आंशिक स्वामित्वमा रहेका संस्थानबाट सहुलियत:मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री बितरण गर्ने व्यवस्था गर्न सक्नेछ।